सहज जितसँगै न्युजिल्याण्ड शीर्ष स्थानमा
सारांश
- न्यूजिल्याण्डले जिम्बाब्वेलाई ८ विकेटले पराजित गर्दै टी-२० शृङ्खलामा लगातार दोस्रो जित हासिल गर्यो।
- जिम्बाब्वे १२० रनमा समेटियो, जुन प्रतियोगिताकै कम योगफल थियो, र न्यूजिल्याण्डले लक्ष्य १४ ओभरमा पूरा गर्यो।
- न्यूजिल्याण्डका डेभन कनवेले ५९ रन बनाए भने म्याट हेनरीले ३ विकेट लिए, जसले जिम्बाब्वेलाई सस्तोमा रोके।
हरारे । जिम्बाब्वेमा भइरहेको टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकाल्दै न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ। यसपटक न्युजिल्याण्डले घरेलु टोली जिम्बाब्वेलाई ८ विकेटले पराजित गरेको हो।
न्युजिल्याण्डको धारिलो बलिङ आक्रमणले जिम्बाब्वेलाई १२० रनमा समेटेको थियो, जुन यस प्रतियोगिताको अहिलेसम्मकै कम योगफल हो। त्यसपछि, न्युजिल्याण्डका ब्याटरहरूले १४ ओभरभित्रै मात्र २ विकेटको क्षतिमा लक्ष्य हासिल गरे । योसँगै टोलीको नेट रन रेट बढेर १.९१९ पुगेको छ।
१२१ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डका लागि ओपनर डेभन कनवेले ४० बलमा ५९ रन जोडे । उनले ४ चौका र २ छक्का प्रहार गरे । रचिन रवीन्द्रले १९ बलमा ३० रन तथा डेरल मिचेलले १९ बलमा २६ रन बनाए ।
यसअघि, म्याट हेनरीले ४ ओभरमा मात्र २६ रन खर्चेर ३ विकेट लिएपछि जिम्बाब्वे सस्तोमा रोकिएको थियो । टोलीका ओपनर वेस्ले माधेवेरेले ३६ रन तथा ब्रायन बेनेटले २१ रन जोडे । अन्य ब्याटरले १५ रनसम्म पनि बनाउन सकेनन् ।
यस हारसँगै जिम्बाब्वेले अहिलेसम्म कुनै पनि अङ्क जोड्न सकेको छैन र आफ्नै प्रतियोगिताबाट बाहिरिनबाट जोगिनका लागि उनीहरूले ठुलो मेहनत गर्नुपर्नेछ। फाइनलमा पुग्नका लागि उनीहरूले अब दक्षिण अफ्रिका र न्युजिल्याण्ड दुवैसँगका बाँकी दुई खेल जित्नै पर्नेछ।
हाल न्युजिल्याण्ड २ खेलबाट ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा २ अङ्क बटुलेको दक्षिण अफ्रिका छ । अङ्कविहीन जिम्बाब्वे पुछारमा ५ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण