नेसपा (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने
सारांश
- नेपाल समाजवादी पार्टीले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ ।
- पार्टीका महासचिव सोनामसिंह स्याङ्तानले अभियान प्रभावकारी भएको दाबी गरे ।
- ०८४ को निर्वाचनलाई लक्षित गरी पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरण गरिनेछ।
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका महासचिव सोनामसिंह स्याङ्तानले यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको दाबी गरे ।
उनले प्रशंसा अभियान २ भनेर अब पाँच महिने अभियान सञ्चालन हुने जानकारी दिए ।
उनले भने, ‘प्रशिक्षण, सङ्गठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो । जनताको मुद्दाहरू हो यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो । तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ । अहिले हामी दोस्रो चरणको अभियानमा लागेका छौँ । ०८४ को निर्वाचन आउन करिब डेढ वर्ष बाँकी छ । पार्टीको आन्तरिक सङ्गठन, मुद्दा कसरी लैजाने भन्ने समेटेर हामी अघि बढिरहेका छौँ । पार्टीको आन्तरिक शक्ति सुदृढीकरण गर्ने काममा हामी लागेका छौँ ।’
उनका अनुसार पार्टीले ०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरण, विस्तार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण