कास्की प्रहरीले वर्षभरिमा समात्यो ८ सयभन्दा बढी फरार प्रतिवादी
सारांश
- कास्की प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा ८०४ जना फरार प्रतिवादी पक्राउ गर्यो।
- पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइयो।
- पक्राउ परेका प्रतिवादीहरूमा ६०४ पुरुष र २०० महिला रहेका छन् र उनीहरूको कैद ६१ वर्ष २ महिना १५ दिन हुन्छ।
पोखरा । कास्की प्रहरीले वर्षभरिमा ८ सय भन्दा बढी प्रतिवादी पक्राउ गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ सय ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
उनका अनुसार अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको थियो । पक्राउ पर्नेमा ६ सय ४ जना पुरुष र २ सय जना महिला छन् ।
उनीहरू सबैको कैद जोड्दा ६१ वर्ष २ महिना १५ दिन हुन्छ । त्यसबाहेक १० करोड १२ लाख १ हजार ३ सय ७१ रुपैयाँ जरिवाना असुलउपर गर्नका लागि अदालतमा उपस्थित गराइएको ओलियाले बताए ।
अदालतबाट दोषी ठहर भएर पनि लामो समयदेखि फरार रहँदै आएका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिइएको सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण