भारी वर्षाको अनुमानसँगै तयारी अवस्थामा रहन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन
आइतबार, ०४ साउन २०८२, ०७ : २८
सारांश
- जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानहरूमा धेरै भारी वर्षा हुने बताएको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
- कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा धेरै भारी वर्षा हुने बताएको छ । यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– 'मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु।'
सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको लागि तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिएका छन् ।
कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण