कन्सर्टमा विवाहेत्तर सम्बन्धको पोल खुलेपछि सीईओले दिए राजीनामा
सारांश
- बेलायती ब्यान्ड कोल्डप्लेको कन्सर्टमा विवाहेत्तर सम्बन्धको पोल खुलेपछि टेक कम्पनीका सिइओले राजीनामा दिए।
- कन्सर्टमा सिइओ र एचआर प्रमुख अंगालो हालेको तस्बिर गायकले खिचेपछि घटना सार्वजनिक भएको थियो।
- कम्पनीले सिइओको राजीनामा स्वीकार गर्दै नयाँ सीइओ खोज्ने र अन्तरिम सीइओ तोक्ने जनाएको छ।
वासिङ्टन डीसी । चर्चित बेलायती ब्यान्ड कोल्डप्लेको एउटा कन्सर्टबाट विवाहेत्तर सम्बन्धको पोल खुलेका टेक कम्पनीका सीईओ एन्ड बायरनले कम्पनीबाट राजीनामा दिएका छन् ।
उक्त कन्सर्टमा बायरनले गितको तालमा आफ्नै कम्पनीकी मानव संसाधन (एचआर) प्रमुख क्रिस्टिन क्याबोटलाई अँगालो हालेको अवस्थामा ब्यान्डका गायक क्रिस मार्टिनले दर्शकसँग अन्तरक्रिया गर्ने क्रममा क्यामराको लेन्स जोडीमाथि केन्द्रित गरेका थिए ।
उनले अनजानमा गरेको यो कार्यले बायरनको विवाहेत्तर सम्बन्धको पोल खोलिदियो । यो घटनालगत्तै कम्पनीले दुईबिचको सम्बन्धबारे छानबिन सुरु गर्ने घोषणा गर्दै बायरनलाई निलम्बित गरेको थियो ।
अब भने कम्पनीको सञ्चालक समितिले बायरनको राजीनामा स्वीकार गरेको छ । कम्पनीको नेताले आचरण र जवाफदेहिता दुबैमा निश्चित मापदण्ड तय गर्छन् भन्ने अपेक्षा गरिने र हालैको घटनाले उक्त मापदण्ड पूरा नगरेको कम्पनीले विज्ञप्तिमा भनेको छ ।
नयाँ सीईओ खोजी गर्ने र अहिलेका लागि प्रमुख प्रडक्ट अधिकृतलाई अन्तरिम सीईओ बनाइने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण