कानुनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्नु गलत : सांसद भण्डारी
सारांश
- सांसद चन्द्रकान्त भण्डारीले प्रविधिको विकासले सामाजिक जीवनमा चुनौती दिएको बताए।
- उनले सञ्चार क्षेत्रलाई स्वनियम र एआईको सदुपयोग गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।
- भण्डारीले मिडिया काउन्सिल विधेयकमा कर्मचारी व्यवस्थापनको विषय मात्र राखिएको भन्दै आपत्ति जनाए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रविधिको बढ्दो विकासले आम मानिसको सामाजिक जीवनलाई चुनौती दिँदै गएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भण्डारीले बढ्दो प्रविधिको विकासले सामाजिक–सांस्कृतिक जीवनमा समेत नकारात्मकता बढ्दै गएको बताएका हुन् ।
उनले कानुनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्न नहुनेमा जोड दिए । उनले सञ्चार क्षेत्रलाई स्वनियम र आर्टिफियिल इन्टेलिजेन्स (एआई)को सदुपयोग गर्न प्रोत्साहित गरेर विधेयक ल्याउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीले अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्न सकेनौँ भने त्यसले मानव जीवन नै समाप्त पार्न सक्छ । हामीले तथ्यपरक न्युजलाई कसरी ल्याउने ? यो विषयमा सोच्नुपर्यो । यसलाई पाठ्यक्रममा राखेर हुन्छ कि कसरी भन्ने कुरामा राज्य गम्भीर हुनुपर्यो । एउटा मिडियाले दिएको न्युज, सत्य, उत्तरदायी हुने कि नहुने ? सञ्चार क्षेत्रले अधिकार खोज्दा जिम्मेवारी लिनुपर्ने कि नपर्ने ? सञ्चार सम्प्रेषण र कानुनी अधिकार गर तर अरूलाई क्षतविक्षत नगर भन्ने अधिकार दिनुपर्यो । अहिले जे पनि गरिदिएको छ । यसको लागि यो विधेयक आएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । विधेयकमा कर्मचारीको मात्र कुरा राखेको छ । सबै विधेयकमा यस्तै छ । यहाँ त समाचारको विषयमा पो हुनुपर्यो ।’
सांसद भण्डारीले विधेयकमा कर्मचारी व्यवस्थापनको विषय मात्र प्रवेश गराइएको भन्दै आपत्ति जनाए । उनले विधेयकमा समग्र सञ्चार क्षेत्रको सुधार र नियमनका विषयमा गम्भीर भएर विधेयक ल्याउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण