कस्तुप र पूर्णकलाको मार्मिक तीज गीत ‘पापी तीज २’ सार्वजनिक
आइतबार, ०४ साउन २०८२, १४ : ४९
सारांश
- कस्तुप पन्तले तीज लक्षित गीत 'पापी तिज-२' सार्वजनिक गरेका छन्, जसमा पूर्णकला बिसीको स्वर रहेको छ।
- गीतमा छोरीले तीजप्रतिको गुनासोलाई सेन्टिमेन्टल शैलीमा प्रस्तुत गरिएको छ।
- टिका जैसीको अभिनय र स्मृति तिमल्सेना गुरुआमाको निर्देशनमा गीतको भिडियो बनेको छ।
काठमाडौँ । तीज नजिकिँदै गर्दा तीज लक्षित गीत संगीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा गीतकार, गायक, सङ्गीतकार कस्तुप पन्तले तीजलाई लक्षित गर्दै नयाँ गीत ‘पापी तिज–२’ ल्याएका छन् । पन्तकै शब्द तथा संगीत रहेको गीतमा गायिका पूर्णकला बिसीले स्वर दिएकी छन् ।
सेन्टिमेन्टल शैलीमा तयार गीतमा छोरीले तीजलाई लिएर आमासँग गरेका गुनासाका शब्दहरू समेटिएका छन् । गीतमा एउटा चेलीले तीज नअाएनी हुने भन्दै बिलौना गरेकी छन् । गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् ।
गीतको भिडियो पनि बनेको छ । टिका जैसीको अभिनय रहेको भिडियो स्मृति तिमल्सेना गुरुआमाले निर्देशन गरेकी हुन् । भिडियोमा दुर्गा पौडेलको छायांकन र विनोद बमको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण