सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

अमिताभ बच्चनको ‘डन’का निर्देशक बरोटको निधन

आइतबार, ०४ साउन २०८२, १५ : २५
आइतबार, ०४ साउन २०८२

नयाँ दिल्ली । अमिताभ बच्चनको सबैभन्दा लोकप्रिय र सफल फिल्ममध्ये एक 'डन'का निर्देशक चन्द्र बरोटको मुम्बईमा निधन भएको छ ।

८६ वर्षको उमेरमा चन्द्रको आइतबार बिहान ७ बजेतिर बान्द्राको गुरु नानक मल्टी स्पेसालिटी अस्पतालमा मृत्यु भएको हो । ‘चन्द्र बरोटलाई दश दिनअघि धेरै गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । त्यतिवेला उनी श्वासप्रश्वासको समस्याबाट पीडित थिए, उनको रक्तचाप पनि सामान्यभन्दा धेरै कम थियो,’ नाम न छाप्ने सर्तमा अस्पतालका एक वरिष्ठ डाक्टरले भनेका बीबीसी हिन्दीले समाचार छापेको छ ।

चन्द्र बरोटको स्वास्थ्य झनै बिग्रिन थालेपछि केही दिनमा उनलाई आईसीयूमा भर्ना  गरियो । तर उनलाई बचाउने सबै प्रयासहरू व्यर्थ साबित भए । चन्द्रले आइतबार बिहान हृदयघातका कारण अन्तिम सास फेरेका ती डाक्टरले भनेका छन् । १९७८ को सुपरहिट फिल्म डनमा अमिताभ बच्चन, जीनत अमान र प्राणले अभिनय गरेका थिए । फिल्म डनको पटकथा सलीम–जावेदले लेखेका थिए । 

यसअघि चन्द्र बरोट सहायक निर्देशक थिए । उनले १९७०को फिल्म 'पूरब और पश्चिम', १९७० को अर्को फिल्म 'यादगार', १९७२ को 'शोर', १९७४ को 'रोटी कपडा और मकान' जस्ता फिल्ममा सहायक निर्देशकको रूपमा काम गरेका थिए ।

सन् २००६ मा, जावेद अख्तरका छोरा फरहान अख्तरले 'डन' रिमेक बनाएका थिए । यसमा अमिताभ बच्चनको दोहोरो भूमिकामा शाहरुख खान थिए । अख्तरले 'डन ३' बनाउँदैछन् । यसमा शीर्ष भूमिकामा रणवीर सिंह रहेने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप