एमसिबी झार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
आइतबार, ०४ साउन २०८२, १७ : २७
काठमाडौँ । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका वडा नम्बर १, कुईभिरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
शनिबार राति फुपू दिदीको घरमा एमसिबी झार्ने क्रममा करेन्ट लाग्दा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–४ निवासी ३० वर्षीय चन्द्र राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उता, तनहुँको भिमाद नगरपालिका–६, कुमार चोकस्थित सेती नदी किनारमा ११ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् ।
पोखरा महानगरपालिका–३२ निवासी दीपक लामाका छोरा आख्यान लामा आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरी अनुसन्धान जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण