रुस युक्रेन तनाव
युक्रेनी ड्रोन हमलापछि रुसका विमानस्थल अस्थायी रूपमा बन्द, १ सय ४० उडान प्रभावित
आइतबार, ०४ साउन २०८२, २२ : २२
सारांश
- युक्रेनको ड्रोन हमलापछि रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्।
- यसका कारण १ सय ४० उडान रद्द र १३० भन्दा बढी अन्यत्र मोडिएका छन्।
- रुसी हवाई हमलामा युक्रेनमा कम्तिमा तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ । युक्रेनका तर्फबाट भएका ड्रोन हमलापछि रुसका विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्। यसका कारण कम्तीमा १ सय ४० उडान रद्द गरिएको र १३० भन्दा बढी उडान अन्यत्र मोडिएको रुसी अधिकारीहरूले बताएका छन्।
रुसी रक्षा मन्त्रालयका अनुसार शनिबार बिहानदेखि युक्रेनले रुसतर्फ २३० भन्दा बढी ड्रोन प्रक्षेपण गरेको थियो, जसमा २७ वटा राजधानी मस्कोमाथि खसेका थिए।
रुसको नागरिक उड्डयन निगरानी एजेन्सीका अनुसार मस्कोका चार वटा मुख्य विमानस्थलको सञ्चालन केही समयका लागि रोकिएको हो। मस्को एयरपोर्ट २४ घण्टामा १० पटकसम्म बन्द गर्नुपरेको रुसी टुर अपरेटर एसोसिएसनले जनाएको छ।
यसैबिच, युक्रेनका विभिन्न क्षेत्रमा भएको रुसी हवाई हमलामा कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण