एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, सदस्यलाई बोल्ने समय तीन मिनेट
सारांश
- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान मस्यौदा प्रस्तुत गरिनेछ।
- बैठकमा विधान मस्यौदामाथि सदस्यहरूले तीन मिनेटसम्म आफ्ना धारणा राख्न पाउनेछन्।
- पार्टीले ७० वर्षको उमेर हद र दुई कार्यकालको प्रावधान हटाएको छ।
काठमाडौँ । पार्टी विधानका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने छ ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।
बैठकको सुरुमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक,सरकारको एक वर्ष र पार्टीको सचिवालय र पोलिटब्युरो बैठकका निर्णयका सन्दर्भमा मन्तव्य राख्नुहुनेछ । यसैगरी महासचिवले साङ्गठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्ने छ ।
प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसुची रहेको छ । सचिवालय,स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने गौतमले जानकारी दिए ।
सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् । बैठक आज र भोलीमा सक्ने भनिए पनि सबै सबै केन्द्रीय सदस्यहरूले धारणा राख्ने समय लिएमा पर्सिसम्म लम्बिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टीको साउन १ गते बसेको सचिवालय,२ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ । उपाध्यक्ष पौडेलले विधान यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने गौतमले जानकारी दिए ।
केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ । मातहतका कमिटीबाट आएका सुझावहरूलाई समेटेर महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकारी दिए । भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण