नृत्य निर्देशक थापासहित पाँच व्यक्तिलाई विकास बोर्डको आर्थिक सहयोग
सोमबार, ०५ साउन २०८२, ११ : ३६
सारांश
- चलचित्र विकास बोर्डले नृत्य निर्देशक भैरवबहादुर थापालाई १ लाख नगद सहयोग गरेको छ।
- यो सहयोग चलचित्र कल्याणकारी कोषबाट प्रदान गरिएको हो, जुन बोर्ड अध्यक्ष दिनेश डिसीले जानकारी दिए।
- कोषले अन्य कलाकारहरूलाई पनि औषधि उपचार र विभिन्न खर्चका लागि सहयोग गरेको छ।
काठमाडौँ । चलचित्र विकास बोर्डले विशिष्ट नृत्य निर्देशक भैरवबहादुर थापालाई नगद एक लाख सहयोग गरेको छ । थापालाई उक्त सहयोग चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्र कल्याणकारी कोषबाट गरिएको हो । जसको जानकारी बोर्ड अध्यक्ष दिनेश डिसीले सामाजिक सञ्जालबाट दिएका छन् ।
बोर्डका अध्यक्ष दिनेश डिसी, कोषकी संरक्षक वसुन्धरा भुसाल, कलाकार सङ्घका अध्यक्ष मोहन निरौला लगायतले थापाको घरमै पुगेर उक्त सहयोग प्रदान गरेका हुन् ।
कोषका तर्फबाट औषधि उपचार र अन्य खर्च भन्दै डिलबहादुर तामाङलाई तीन हजार, नवीनकाजी राई पचास हजार र राज कुमार जोशीलाई २० हजार र स्व.लक्ष्मी श्रेष्ठ (ज्वाइँ कृष्णबहादुर कार्की मार्फत वितरण) पच्चिस हजार सहयोग समेत गरिएको छ ।
यसअघि पनि चलचित्र कल्याणकारी कोषमार्फत बेलाबेलामा विभिन्न कलाकर्मीलाई सहयोग प्रदान गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण