शंकरदेव क्याम्पसमा बास्केटबल प्रशिक्षण सुरु
सारांश
- शंकरदेव क्याम्पसमा अनेरास्ववियूले निःशुल्क बास्केटबल प्रशिक्षण सुरु गरेको छ।
- प्रशिक्षणमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षकले प्रशिक्षण दिनेछन्, जसमा ५० भन्दा बढी विद्यार्थी सहभागी हुनेछन्।
- कार्यक्रमले विद्यार्थीको शारीरिक र मानसिक विकासमा जोड दिँदै, नेतृत्व क्षमता विकास गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । काठमाडौँको शंकरदेव क्याम्पसमा बास्केटबल प्रशिक्षण सुरु भएको छ । “शिक्षादेखि नेतृत्वसम्म, खेलकुददेखि स्वास्थ्यसम्म, देशभक्तिदेखि समर्पणसम्म र अनुशासनदेखि एकतासम्म” भन्ने मूल नाराका साथ अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीले निःशुल्क बास्केटबल प्रशिक्षण क्याम्प २०८२ सुरु गरेको हो ।
शिक्षा, खेलकुद, स्वास्थ्य र नेतृत्व विकासलाई एकसाथ जोडेर विद्यार्थीहरूका लागि प्रशिक्षणको आयोजना गरिएको अनेरास्ववियू क्याम्पस कमिटीका अध्यक्ष निर्तिक घर्ती मगरले बताए ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अनेरास्ववियूका केन्द्रीय कार्यालय सदस्य तथा खेलकुद विभाग प्रमुख कैलाश गिरीले विद्यार्थी संगठनले आजको समय सापेक्ष आफ्नो भूमिकालाई रचनात्मक र सिर्जनशील बनाउनु पर्नेमा जोड दिए ।
एक साता सम्म चल्ने क्याम्पमा अन्तर्राष्ट्रिय प्रशिक्षक तथा खेलाडी सौरभ श्रेष्ठ र राष्ट्रिय प्रशिक्षक निश्चल तुलाधरले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा ५० भन्दा बढी विद्यार्थी सहभागी छन् । शारीरिक फिटनेस, खेलकुदका आधारभूत सिप, टीमवर्क, अनुशासन लगायतका विषयमा प्रशिक्षित गरिने अध्यक्ष घर्तीले बताए । ‘आजको विद्यार्थी केवल किताबमै सीमित हुन सक्दैन । उसले नेतृत्व गर्न, निर्णय लिन, सङ्घर्ष सामना गर्न र टोलीको हिस्सा बन्न सिक्नुपर्छ,’ उनले भने, ‘शिक्षा बौद्धिक विकासको आधार हो भने खेलकुद शारीरिक सुदृढता र मानसिक सन्तुलनको स्रोत हो । जब यी सबै गुण विद्यार्थीमा विकसित हुन्छन्, तब उनीहरूले मात्र आफ्नो भविष्य निर्माण गर्दैनन्, उनीहरू राष्ट्रको भविष्यको मार्गचित्र पनि कोर्छन् ।’
बास्केटबलको आधारभूत प्रशिक्षणले खेलमा रुचि भएका विद्यार्थीलाई आत्मविश्वासी बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रममा शंकरदेव क्याम्पसका स्ववियू सभापति सुशान्त बस्नेत, माङ्काल क्लब बागबजारका निरज शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण