आइटी आर्मीको चौथो स्थापना दिवस: देशभर विविध कार्यक्रम सम्पन्न
सारांश
- आइटी आर्मीले चौथो स्थापना दिवस देशभर विविध कार्यक्रम गरी मनायो।
- काठमाडौँलगायत देशभर सरसफाइ, वृक्षारोपण, फलफूल तथा पानी वितरण गरियो।
- पार्टी अध्यक्ष प्रभु साहले युवाहरूलाई शुभकामना दिँदै जनआन्दोलनको सफलताको कुरा गरे।
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकट युवा सङ्गठन आइटी आर्मीको चौथो स्थापना दिवस सोमबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ।
स्थापना दिवसको अवसरमा काठमाडौँलगायत देशभर सरसफाइ, वृक्षारोपण, फलफूल तथा पानी वितरण, दीप प्रज्वलन लगायतका सामाजिक कार्यहरू गरिएको आइटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहले बताए।
बाराको काटघाट शिव मन्दिरमा जुस वितरण, विभिन्न अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण, र मठमन्दिरहरूमा सरसफाइ जस्ता कार्यहरू सम्पन्न गरिएको उनले जानकारी दिए।
काठमाडौँस्थित आजपा केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले आइटी आर्मीका कार्यकर्ताहरूलाई मिठाई खुवाउँदै शुभकामना दिएका थिए। उनले युवाहरूमा राजनीतिप्रतिको सकारात्मक सोचले देशमा नयाँ परिवर्तन ल्याउन जारी दलतन्त्र विरुद्धको तेस्रो जनआन्दोलन छिटै सफल हुने बताए ।
आइटी आर्मीका अध्यक्ष चन्द्रभूषण सामाजिक सञ्जालमार्फत २१औँ शताब्दी प्रविधिमैत्री डाटा पुँजीवादको युग रहेको बताउँदै प्रविधिमा दक्ष युवा निर्माण गर्दै समावेशी, सुशासनयुक्त, र समृद्ध नेपाल निर्माणमा आइटी आर्मीको भूमिका महत्त्वपूर्ण हुने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण