काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
_RgjODBoe6i.jpg)
स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा बीपी स्मृति स्वास्थ्य प्रतिष्ठान, बीपी स्मृति अस्पताल, बीपी कोइराला स्पोटर्स एकेडेमी तथा खेलकुद विभागले विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीका साथै बसुन्धारामा आयोजित कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम तथा फलफूल वितरण समेत गरिएको छ ।
_IfaMqfiFaV.jpg)
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
_5XP0Wbas9m.jpg)
कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
_PgBS4BKKw6.jpg)
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिट्लर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित भएका छन् । उनका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।
_l7fFWfYVYv.jpg)
_XvNuSnqVYd.jpg)
_cV8T9L4IJB.jpg)
_SMEFtBTVlT.jpg)
_BHEAgwgExY.jpg)
_ajtW6nFmp5.jpg)
_CmQcOzJE3g.jpg)
_beiBgY1GaH.jpg)
_iYGtVuYIkC.jpg)
_3I0Ktn8aJQ.jpg)
_MOL1XTT6kq.jpg)
_TsFaLVthVs.jpg)
_COd2wm7iwG.jpg)
_CcAxnR3lOM.jpg)
_iJB3TMZ5OM.jpg)
_By9wDQuDxy.jpg)
प्रतिक्रिया