माओवादीले पहिलो पटक मनाउँदै पुष्पलाल स्मृति दिवस, भोलि को–कसले सम्बोधन गर्दैछन् ?
मङ्गलबार, ०६ साउन २०८२, १० : ५४
सारांश
- माओवादी केन्द्रले पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने भएको छ।
- साउन ७ गते भृकुटीमण्डपमा समाजवादी मोर्चा र पुष्पलाल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा विचार गोष्ठी हुनेछ।
- कार्यक्रममा प्रचण्ड, माधव नेपाल, विप्लव र महिन्द्र राय यादव लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने भएको छ । असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउन ७ गते पुष्पलालको ४७ औँ पुष्पलालको स्मृति दिवस मनाउने निर्णय गरेको थियो ।
पार्टीको निर्णय अनुसार भोलि दिउँसो १ः ३० बजे भृकुटीमण्डपमा समाजवादी मोर्चा र पुष्ललाल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा विचार गोष्ठी गर्न लागेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए ।
कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्डसहित समाजवादी मोर्चाका नेताहरू माधव नेपाल, विप्लव र महिन्द्र राय यादव लगायत नेताहरूले सम्बोधन गर्नेछन् । पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो । यसअघि एमाले र नेकपा एकीकृत समाजवादी लगायत दलहरूले मात्र स्मृति दिवस मनाउने गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण