ओलीले नेतृत्व लिएपछि एमालेको पहिचान बदलियो : ढकाल
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूले आफ्ना धारणाहरू राखिरहेका छन् । यसैक्रममा केन्द्रीय सदस्य मोहनमाया ढकालले केपी शर्मा ओलीले नेतृत्व गरेपछि पार्टीको पहिचान बदलिएको दाबी गरेकी छन् ।
उनले २०५६ देखि २०७० सम्म एमालेको नेतृत्वले सही निर्णय गर्न नसक्दा पार्टी कमजोर भएको स्मरण गर्दै २०७१ मा भएको नवौँ महाधिवेशनमार्फत ओली नेतृत्वमा आएपछि एमालेले राष्ट्रिय राजनीतिलाई नै नेतृत्व गरेको बताइन् ।
२०७२ का नाकाबन्दीमा केपी ओलीले प्रधानमन्त्रीका रूपमा लिएको अडान र राष्ट्रवादी छविले एमालेलाई चुनावमा उल्लेख्य सफलता प्रदान गरेको ढकालको भनाइ छ ।
आफ्नो धारणा राख्ने क्रममा उनले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउन र राष्ट्रिय शक्तिको रूपमा विकास गर्नका लागि पनि ओलीको नेतृत्वको निरन्तरता आवश्यक रहेको बताइन् ।
‘राजनीतिक नेतृत्व उमेरका कारण भन्दा क्षमता र दलको आवश्यकतामा निर्भर हुन्छ । सचिवालय र पोलिटब्युरोले प्रस्ताव गरेको उमेर हद हटाउने निर्णय स्वागतयोग्य छ’, ढकालले बैठकमा भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण