बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
केन्द्रीय कमिटी बैठक

कर्ण थापालाई ओलीको जवाफ: केको ‘नोटअफ डिसन्ट’ ?

मङ्गलबार, ०६ साउन २०८२, २२ : २८
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले समापन मन्तव्य राखे।
  • बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि ओलीले मन्तव्य राख्न थाले।
  • स्थायी कमिटी सदस्य कर्ण थापाले 'नोटअफ डिसन्ट' राख्न खोज्दा ओलीले बस्न निर्देशन दिए।

काठमाडौँ । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले समापन मन्तव्य राखिरहेका छन् । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि अध्यक्ष ओलीले समापन मन्तव्य राख्न थालेका हुन् । बैठकमा अध्यक्षले समापन मन्तव्य राख्न सुरु गर्नुभन्दा पहिला स्थायी कमिटी सदस्य कर्ण थापाले बोल्न समय मागे । तर उनलाई अध्यक्षले बस्न निर्देशन दिए । थापाले ‘नोटअफ डिसन्ट’ राख्न खोजेको भन्दै उठेपछि अध्यक्ष ओलीले निर्णय नै नसुनाई के को ‘नोटअफ डिसन्ट’ भन्दै बस्न निर्देशन दिएका हुन् । 

राख्छु भनेपछि ओलीले भने, ‘के को नोटअफ डिसेन्ट बस्नुस ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप