पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा आउन नहुने एमालेको निर्णयमा तीन नेताको फरक मत
सारांश
- नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको छ।
- एमाले प्रचार विभागका अनुसार, बैठकले यस्तो निष्कर्षसहित निर्णय गरेको छ।
- सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले भने बैठकको निर्णयमा असहमति जनाएका छन्।
काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको छ । नवाैँ केन्द्रीय कमिटी बैठकले यस्तो निष्कर्षसहित निर्णय गरेको एमाले प्रचार विभाग राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए ।
‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो’, गौतमले भने, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।
बैठकको निर्णयमा नेताहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले असहमति जनाएका छन् ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको यस्तो निर्णयसँगै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय राजनीतिमा फर्कने प्रयास असफल हुने भएको छ । एमालेले पार्टी विधानको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका थिए । एमालेले पार्टी र राष्ट्रले दिएको सम्मानमा कुनै कमी नहुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण