स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्छ : पुन
सारांश
- माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले स्वास्थ्यको हक राज्यले कार्यान्वयन गर्नुपर्ने बताए।
- उनले स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति रहेको आरोप लगाए।
- उद्योगी व्यवसायीलाई सामाजिक उत्तरदायित्व पूरा गर्न उनले आग्रह गरे।
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान प्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन् । पार्टी निकट नेपाल उद्योग व्यापार महासंघले बुधबार चाबहिलमा गरेको कार्यक्रममा नेता पुनले स्वास्थ्य क्षेत्रलाई सरकारले कम्तीमा आधारभूत दायित्वलाई जिम्मेवारीपूर्वक लिनुपर्ने उल्लेख गरे ।
नेपालको स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी रहेको आरोप लगाए । स्वास्थ्य क्षेत्रमा संविधानको व्यवस्था अनुसार राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै पुनले आफूहरूले सरकारमा वा सरकारबाहिर रहँदा पनि यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताए ।
उनले उद्योगी व्यवसायीलाई सामाजिक उत्तरदायित्व पूरा गर्न आग्रह गरे । महासङ्घका अध्यक्ष खेम भण्डारीले सङ्गठन स्थापनाको अवसरमा साताव्यापी रूपमा विविध कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए ।
भण्डारीका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेश र जिल्ला स्तरमा पनि सङ्गठन स्थापना दिवसका अवसरमा रक्तदान, वृक्षारोपण तथा विद्यालयहरूमा शैक्षिक सामग्री वितरणको कामहरू भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण