अस्करले तेस्रो युवा लघु–सिनेमा प्रतियोगिता गर्ने
सारांश
- अस्कर कलेजले लघु-सिनेमा प्रतियोगिताको तेस्रो संस्करणको लागि आह्वान गरेको छ।
- प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः एक लाख, पचास हजार र पच्चीस हजार पुरस्कार दिइनेछ।
- भदौ १३ गते उत्कृष्ट सिनेमाको प्रदर्शनी र पुरस्कार वितरण हुनेछ, जसमा युवा लक्षित छ।
काठमाडौंँ । नेपालको पुरानो सिनेमा कलेज अस्कर अन्तर्राष्ट्रिय कलेजले हरेक वर्ष गर्दै आएको लघु–सिनेमा प्रतियोगिताको तेस्रो संस्करणको लागि बुधबारबाट छोटा सिनेमाहरूको आव्हान गरेको छ । २० वर्षभन्दा मुनिका युवायुवती लक्षित प्रतियोगिताका विजेतालाई पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
प्रतियोगितामा प्रथमले एक लाख, द्वितीयले पचास हजार र तेस्रोले पच्चीस हजार पुरस्कार प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कार समेत रहेको प्रतियोगीताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज अध्ययन गर्ने चाहे कलेजले पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने समेत कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतियोगीताका लागि आव्हान गरिएका छोटा सिनेमाहरू कम्तीमा ८ मिनेट बढीमा १५ मिनेट हुनुपर्नेछ । भदौ ६ गते, शुक्रबारको दिनसम्म बुझाइसक्नुपर्ने समय सीमा तोकिएको प्रतियोगिताको उत्कृष्ट सिनेमाहरूको प्रदर्शनीसँगै विजेताहरू घोषणा भदौ १३ गते हुने छ । सोही समारोहमा पुरस्कार वितरण पनि हुनेछ ।
युवा पुस्तालाई सिनेमा निर्माणमा उत्प्रेरित गर्न तथा विभिन्न नयाँ प्रतिभाहरूलाई पहिचान गर्न यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आइरहेको कलेजले जनाएको छ । नेपालमा आयोजना हुने केहि छोटा सिनेमा प्रतियोगिताहरूमध्ये यो एउटा महत्त्वपूर्ण प्रतियोगिताको रूपमा परिचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण