निदाएका सञ्चारमन्त्रीलाई प्रधानमन्त्रीको नमस्कार ! (तस्बिरहरू)
सारांश
- संसद बैठकमा सांसद र मन्त्रीहरू निदाउने क्रम बढेको छ, बुधबारको बैठकमा पनि यस्तै दृश्य देखियो।
- प्रधानमन्त्री बैठकमा प्रवेश गर्दा सञ्चारमन्त्री निदाएका थिए, उनलाई उठाउने प्रयास भए पनि सफल भएन।
- प्रधानमन्त्रीले 'सुत्न दिनुस्' भन्दै प्रतिक्रिया दिए, दृश्य रातोपाटीकर्मीले कैद गरेका थिए।
काठमाडौँ । संसद् बैठकमा सांसद र मन्त्रीहरू निदाउनु सामान्य जस्तै भइसकेको छ । संसदमा महत्त्वपूर्ण विषयमा छलफल भइरहेका बेला पनि कतिपय सांसद र मन्त्रीहरू विषयवस्तुलाई बेवास्ता गर्दै कोही निदाउने, कोही मोबाइल चलाउने त कोही एक आपसमा गफ गर्ने दृश्यहरू सामान्य हुन थालेका छन् ।
_KrJr9u3nqT.jpg)
बुधबारको प्रतिनिधि सभा बैठकमा पनि यस्तै एउटा दृश्य देखियो । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर रहेको थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु भएको केही समयमा (शून्य समय चल्दै गर्दा) बैठक कक्षमा प्रवेश गर्छन् । प्रधानमन्त्री बैठक कक्षमा पुग्दा सामान्यतया मन्त्रीहरूले उठेर नमस्कार गर्ने गर्छन् । प्रधानमन्त्रीले पनि हात जोडेरै नमस्कार फर्काउँछन् ।
_WezxTeb5TY.jpg)
तर बुधबार प्रधानमन्त्री बैठक कक्षमा प्रवेश गर्दा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ भने मस्त निन्द्रामा थिए । सञ्चारमन्त्री निदाइरहेको अवस्थामा प्रधानमन्त्री बैठक कक्षमा आइपुगेपछि सञ्चारमन्त्री गुरुङ भन्दा पछिल्लो रोमा बसेका रक्षा मन्त्री मानवीर राईले उनलाई उठाउने प्रयास समेत गर्छन् । तर मन्त्री गुरुङ बिउँझँदैनन् ।
_BIjyjGkHbU.jpg)
त्यसैले होला बरु प्रधानमन्त्री आफै बोल्छन् र ‘सुत्न दिनुस्’ भन्दै आफ्नो आसनतर्फ अघि बढ्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण