घुस लिएको आरोपपछि कम्पनी रजिष्ट्रार गिरीलाई मन्त्रालय तानियो
सारांश
- कम्पनी रजिस्ट्रारको कार्यालयको निमित्त रजिस्ट्रारमा देवीप्रसाद सुवेदीलाई तोकिएको छ।
- घुस लिएको आरोपपछि ईश्वरकुमार गिरीलाई उद्योग मन्त्रालयमा तानिएको थियो।
- कार्यालयमा नयाँ कर्मचारी नियुक्त गरी कामलाई सुचारु गर्न लागिएको छ।
काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयको निमित्त रजिष्ट्रारमा देवीप्रसाद सुवेदीलाई तोकिएको छ । कार्यालयको अनलाइन सिस्टममा चलखेल गरी खुलेआम रूपमा घुस लिएको आरोपपछि कम्पनी रजिष्ट्रार ईश्वरकुमार गिरीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तानेर सुवेदीलाई निमित्त रजिष्ट्रार तोकिएको मन्त्रालयले जनाएको छ ।
बुधबार रजिष्ट्रार गिरी र उपरजिष्टार सोमराज बराल सहायक रजिष्ट्रारद्वय रविन कार्की र भीमप्रसाद पराजुलीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको छानबिन समितिले स्पष्टीकरण सोधेको थियो ।
उनीहरूलाई विभागीय कारबाही गर्ने प्रयोजनका लागि निजामती सेवा ऐनको दफा ६६ अनुसार छानबिन समितिले स्पष्टीकरण सोधेको जनाइएको छ । यसअघि घुस लिएको विवादपछि कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीको सरुवा गरिएको थियो ।
कार्यालयमा नयाँ कर्मचारी नियुक्त गरी स्वरूपलाई फङसनल बनाउने मन्त्रालयका सहसचिव छविन्द्र पराजुलीले जानकारी दिए ।
‘त्यहाँ चाहिने जनशक्ति वाणिज्य विभाग लगायत अन्य विभागबाट सरुवा गरेर पठाउँदैछौँ । काम प्रभावित नहोस् भनेर सामान्य प्रशासनदेखि सबै पदमा नयाँ कर्मचारी मागेका छौँ,’ उनले भने, ‘आज भोलि नै करिब ३१ जना कर्मचारी नियुक्त गरेर कार्यालयको स्वरूपलाई फङ्सनल बनाउने हिसाबले कोसिस गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण