‘सरकारले भुक्तानी नदिँदा बालबालिकाको निःशुल्क मुटु रोग उपचार रोकियो’
बिहीबार, ०८ साउन २०८२, १४ : ४७
सारांश
- राप्रपा सांसद दीपक सिंहले शहीद गङ्गालाल हृदय रोग केन्द्रमा बालबालिकाको निःशुल्क मुटु रोग उपचार सेवा रोकिएको बताए।
- सरकारले भुक्तानी नदिँदा १५ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा रोकिएको सिंहले बताए।
- सांसद सिंहले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउँदै तत्काल निःशुल्क उपचार सेवा सुचारु गर्न आग्रह गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमार्फत सञ्चालन भइरहेको १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटु रोग उपचार सेवा रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सिंहले सरकारले भुक्तानी नदिँदा गङ्गालालमा १५ वर्षमुनिका बालबालिकाले पाउने गरेको निःशुल्क उपचार सेवा रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारले विपन्न परिवारका बालबालिकाहरूको मुटु रोग उपचारका लागि २ लाख ५० हजार सहायता अनुदान दिने निर्णय गरेको थियो । गत आर्थिक वर्षको भुक्तानी नभएको भन्दै गङ्गालाले उक्त सेवा रोकेको छ । सांसद सिंहले निःशुल्क मुटु रोगको उपचार सेवा तत्काल सुचारु गर्न स्वास्थ्यमन्त्रीको समेत ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण