फस्टलुकमा यस्तो देखियो अनमोल अभिनित ‘जेरी अन टप’
काठमाडौँ । तिहारको अवसर पारेर आगामी असोज ३१ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जेरी अन टप’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले फस्टलुकसँगै फिल्मको प्रचार थालनी भएको जानकारी दिएको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार अभिनेता अनमोल केसीसँग अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ फिचर्ड छन् । पोस्टरमा समावेश पृष्ठभूमिले फिल्मको कथा खोलेको छ, जहाँ अनमोल र जसिता हिमाल आरोहीको भूमिकामा प्रस्तुत छन् भने अर्को पोस्टरमा अनमोल दुवै अभिनेत्रीसँग रोमान्टिक दृश्यमा छन् । पोस्टरले ‘जेरी अन टप’मा त्रिकोणात्मक प्रेम रहेको संकेत गर्छ ।
सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल, आँचल र जसितासँगै केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, सुरक्षा पन्त र उषा खड्की मुख्य भूमिका छन् । अभिनेता भुवन केसी फिल्ममा अनमोलको बुवाकै भूमिकामा देखिँदैछन् ।
सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मका निर्माता रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी रहेका छन् । फिल्मको कथा हेमराज बिसीको हो । कार्यकारी निर्मातामा अनुराधा गिरी र ईश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।
फिल्ममा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र ब्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन छ । हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण