अनिल अम्बानी समूहका कम्पनीमा ईडीको छापा
काठमाडौँ । प्रवर्तन निर्देशनालय (ईडी) ले बिहीबार रिलायन्स अनिल अम्बानी समूहका कम्पनीहरूमा छापा मारेको छ ।
समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार यी कम्पनीहरूविरुद्ध ३ हजार करोड रुपैयाँको बैंक ऋण ठगीसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दा अन्तर्गत यो कारबाही गरिएको हो ।
आधिकारिक स्रोतहरूले पीटीआईलाई बताएअनुसार हाल मुम्बईमा अनिल अम्बानी समूहका कम्पनीहरू विरुद्ध कारबाही भइरहेको छ । यो कारबाही नेसनल हाउसिङ बैंक, सेबी, नेसनल फाइनेंशियल रिपोर्टिङ अथोरिटी, बैंक अफ बडोदा र सीबीआईका दुई एफआईआरको आधारमा गरिएको हो ।
ईडीको यस कारबाहीको बारेमा, रिलायन्स पावर र रिलायन्स इन्फ्रास्ट्रक्चरले एएनआईलाई दिएको आफ्नो विज्ञप्तिमा भने, ‘रिलायन्स पावर र रिलायन्स इन्फ्रास्ट्रक्चरको व्यावसायिक सञ्चालन, वित्तीय कार्यसम्पादन, सेयर धारकहरू, कर्मचारीहरू वा अन्य कुनै पनि सरोकारवालाहरूमा कुनै प्रभाव पर्ने छैन।’
कम्पनीले पीटीआईलाई भन्यो, ‘रिलायन्स कम्युनिकेसन्स लिमिटेड (आरकम) वा रिलायन्स होम फाइनान्स लिमिटेड (आरएचएफएल) सँग सम्बन्धित कारोबार सम्बन्धी मिडिया रिपोर्टहरूमा उल्लेख गरिएका आरोपहरू दश वर्षभन्दा पुराना हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण