सञ्चारमन्त्री गुरुङ चीन प्रस्थान गर्दै
बिहीबार, ०८ साउन २०८२, २२ : १६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ चीनमा आयोजना हुने ‘वर्ल्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज चीन प्रस्थान गर्दैछन् ।
विश्वका मन्त्रीहरु एवं सचिवलगायत उच्चपदस्थ सहभागी हुने सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रणनीतिक विषयमा छलफल हुने जनाइएको छ । यही साउन १० देखि १२ गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन मन्त्री गुरुङ राति ११ः ३० बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।
उनका साथमा सूचना प्रविधि सल्लाहकार डा.शालिग्राम पराजुली र स्वकीय सचिव विक्रम न्यौपानेलगायत रहेका छन् । सम्मेलनबाट एआईसम्बन्धी विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने मन्त्रीका सूचना प्रविधि सल्लाहकार डा.पराजुलीको भनाइ छ । मन्त्री गुरुङ यही साउन १४ गते स्वदेश फर्कने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण