शर्मा कन्स्ट्रक्सनसहित ८ कम्पनी सार्वजनिक खरिद कार्यालयको कालोसूचीमा
सारांश
- सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
- जीबी मेटल क्राफ्ट इन्डष्ट्रिज तीन वर्षका लागि कालोसूचीमा परेको छ, जबकि अन्य एक वर्षका लागि परेका छन्।
- कालोसूचीमा पर्ने अन्य कम्पनीहरूमा एसडी कन्स्ट्रक्सन, शर्मा एन्ड कम्पनी, र भेरी नदी निर्माण सेवा रहेका छन्।
काठमाडौँ । शर्मा एन्ड कम्पनी (शर्मा कन्स्ट्रक्सन) सहित ८ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक निकायहरूको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरूलाई एक देखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।
यसरी कालोसूचीमा पर्नेहरूमध्ये वीरगञ्जको जीबी मेटल क्राफ्ट इन्डष्ट्रिजलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाको सिफारिसमा उनीहरूलाई कालोसूचीमा समावेश गरिएको हो ।
बाँकी कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् । लालबन्दी नगरपालिकाको सिफारिसमा धनुषाको एसडी कन्स्ट्रक्सन, राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्को सिफारिसमा शर्मा एन्ड कम्पनी र धुलिखेल निर्माण सेवा, पूर्वाधार विकास निर्देशनालय जाजरकोटको सिफारिसमा भेरी नदी निर्माण सेवा, पूर्वाधार विकास कार्यालय कावासोतीको सिफारिसमा आकांक्षा कन्स्ट्रक्सन र गैढहवा गाउँपालिकाको सिफारिसमा पाल्पाको विपिन कन्स्ट्रक्सनलाई कालोसूचीमा समावेश गरिएको हो ।
यसमध्ये शर्मा कन्ट्रक्सन रमेश शर्मा नेतृत्वको कम्पनी हो । उक्त कम्पनी वीर अस्पतालको सर्जिकल ब्लक, मदन भण्डारी राजमार्गको १३५ किलोमिटर, महान्यायाधिवक्ता कार्यालय, नागरिक लगानी कोष, राहदानी विभाग लगायतका ठुला संरचना निर्माण गरेको निर्माण कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण