रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
सारांश
- रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै प्रतिनिधिसभा बैठक बहिस्कार गरे।
- सभामुखले बोल्न दिएपछि दुवै दलका सांसदले छानबिन समिति गठन नभएसम्म विरोध गर्ने बताए।
- दुवै दलका सांसदहरूले बैठक कक्षबाट बाहिरिएर विरोध जनाए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विनिता कठायतलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन् ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद धवल शमशेर राणालाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए ।
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आङ्देम्बेले प्रधानमन्त्रीलाई चिन्दिनँ भनेपछि...
-
हेलिकप्टरबाट नदीमा बेपत्ता यात्रु र सवारी खोजी गर्न निर्देशन
-
काठमाडौँ उपत्यकासहित देशभरका एक सय स्थानमा बर्डफ्लु फैलियो, कसरी सर्छ मानिसमा ?
-
बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो
-
अख्तियारका डीआईजीको सरुवा, खनालको ठाउँमा पौडेलको ‘इन्ट्री’
-
राष्ट्रसेवक कि जीविकाका लागि संघर्षरत मजदुर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण