पत्रकार सम्मेलन
मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : विद्यादेवी भण्डारी
शुक्रबार, ०९ साउन २०८२, १६ : २०
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको पार्टी सदस्यता त्यागेको कुरा झुटो भएको बताइन्।
- उनले आफ्नो पार्टी सदस्यता कसैले चाहेर खारेज गर्न नसक्ने दाबी गरिन्।
- भण्डारीले राष्ट्रपति कार्यकालपछि एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिइन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताएकी छन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले भनिन, ‘मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन ।’
उनले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पुरा गरेपछि बाँकी जीवन कुनै सङ्गठनमा लाग्दा नै उपयुक्त हुन्छ भनेर ४५ वर्षदेखि आफू अबद्ध एमालेको सदस्यता नवीकरण गरेको समेत बताइन् ।
‘हुलहुज्जत र उत्तेजनामा आएर मेरो सदस्यता खारेज गर्न मिल्दैन । पार्टी प्रणालीमा चल्छ । कसलाई के गर्न मन लाग्छ त्यो अलग विषय हो’, भण्डारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण