एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
सारांश
- काठमाडौँ जिल्ला तेक्वान्दो संघले मलेसियामा हुने एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपका लागि ७ सदस्यीय नेपाली टोलीलाई बिदाइ गर्यो।
- प्रतियोगितामा ५ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्, जसमा ओलम्पियन भरतसिंह महता र पलेसा गोवर्द्धन लगायत छन्।
- टोलीलाई नेपाल च्याम्बर अफ कमर्सले नगद ५० हजार र अन्य सामाग्री प्रदान गरेको छ।
काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले १० औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा सहभागी हुने ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ । मलेसियाको कुचिङमा हुने प्रतियोगितामा पाँचै नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्ने छन् । टोली साउन १३ गते मलेसिया जानेछ ।
पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।
महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेसा गोवर्द्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् । चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेसा त्यतैबाट मलेसिया जाने छिन् ।
पारा तेक्वान्दोका सफल प्रशिक्षक कविराज नेगी लामाले यो प्रतियोगितामा पनि प्रशिक्षकको भूमिकामा छन् । व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहेका छन् । प्रशिक्षक लामाले वरीयता सुधार गर्न प्रतियोगिता महत्त्वपूर्ण भएको बताए । नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
हालसम्म नेपालले १ रजत र ५ गरी ६ पदक जितेको प्रशिक्षक लामाले जनाएका छन् । रञ्जना धामीले रजत र कांस्य जितेकी छन् । पलेसा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य प्राप्त गरेका छन् ।
टोलीलाई नेपाल च्याम्बर अफ कमर्सअन्तर्गत शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी र उपाध्यक्ष सुनिता सिंह, काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीलगायतले ठमेलमा आयोजित एक कार्यक्रमबिच बिदाइ गरे ।
अध्यक्ष राजवंशीले टोलीलाई प्रोत्साहन स्वरूप ५० हजार नगद प्रदान गर्ने घोषणा गरे । सोही अवसरमा लायन्स क्लब अफ काठमाडौँ तेक्वान्दो नेपाल र लायन्स क्लब अफ काठमाडौँ मेरिगोल्डको पहलमा अमेरिकामा बस्दै आएकी पूर्व तेक्वान्दो खेलाडी सुमी परियारले उपलब्ध गराएको ट्रयाकसुट हस्तान्तरण गरिएको थियो । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पनि टोलीलाई टिसर्ट उपलब्ध गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण