अपडेट
भारतीय नागरिकलाई पक्राउ गर्न प्रहरीले गोली चलायो
शनिबार, १० साउन २०८२, १८ : ४६
सारांश
- सिरहा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गर्न गोली चलायो।
- पक्राउ पर्नेमा भारतको मधुवनीका श्यामसुन्दर पासवान रहेको र उनी लागुऔषध ओसारपसारमा संलग्न थिए।
- प्रहरीले पासवानको साथबाट ५० ग्राम ब्राउनसुगर बरामद गरी थप अनुसन्धानको लागि पठायो।
सिरहा । सिरहा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गर्न गोली चलाएको छ। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला अन्तर्गत ग्राम पंचायत बिरपुरका श्यामसुन्दर पासवान छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पासवानले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेको विशेष सूचनाका आधारमा शनिबार अपरान्ह चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
बीआर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकलमा सवार पासवानलाई सुराकीका आधारमा जाँच गर्न खोज्दा उनी भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाइ फायर गर्नु परेको प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र पासवानले जानकारी दिए।
प्रहरीका अनुसार पासवानको साथबाट ५० ग्राम ब्राउनसुगर बरामद गरिएको छ। पक्राउ परेका पासवानलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा पठाइएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण