सोचेजस्तो काम भएन, विकल्पमा अर्को सरकार बन्ने अवस्था पनि छैन : कृष्ण सिटौला
सारांश
- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले सोचेजस्तो काम गर्न नसकेको बताए ।
- सिटौलाले सरकारले निरन्तरता पाउने र यसको विकल्पमा अर्को सरकार बन्ने सम्भावना नरहेको जनाए ।
- संसदमा बहुमत नभएको र बाध्यात्मक परिस्थितिमा बनेको सरकारले सोचेजस्तो काम गर्न सकेको छैन ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान एमाले कांग्रेस गठबन्धन सरकारले सोचेजस्तो काम गर्न नसके पनि सरकारले निरन्तरता पाउने बताएका छन् । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले भने, ‘सरकारले सोचेजस्तो काम गरेको छैन, तर यो सरकारले निरन्तरता पाउँछ ।’
बाध्यात्मक परिस्थितिमा निर्माण भएको तथा संसदमा कसैको बहुमत नभएको अवस्थामा बनेको जनताले र दलहरूले सोचेजस्तो काम नगरेपनि कन्टिन्यु जाने सिटौलाको भनाई छ । उनले यसको विकल्पमा अर्को सरकार बन्ने स्थिति नदेखिएको बताए ।
उनले भने, ‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरुले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । तर यो सरकार कन्टिन्यु जान्छ । किनभने यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन । अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै देखिँदैन । जे सम्झौता भएको त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण