दुई शैक्षिक संस्थालाई ३ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न फर्म तथा संस्थाहरूमाथि अनुगमन गरी कारबाही गरेको छ । आइतबार दुई शैक्षिक संस्थालाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
यस्तै एक दर्जनभन्दा बढीलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ । विभागका अनुसार विद्यार्थीले मागेको अग्रिम शुल्क फिर्ता नगरेपछि काठमाडौँ महानगरपालिका–१८ मा रहेको युनिग्लोभ हाइअर सेकेन्डरी स्कुललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को ‘ङ’ बमोजिम २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
विभागका एक अधिकारीकाअनुसार एक विद्यार्थीले उक्त विद्यालयमा सिट सुरक्षित गर्न अग्रिम शुल्कबापत २० हजार रुपैयाँ दिएका थिए ।
तर सो विद्यालयमा अध्ययन नगर्ने भन्दै रकम फिर्ता माग गरेका थिए । तर विद्यालयले फिर्ता नदिएपछि विभागमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा सो जरिवाना गरिएको हो ।
त्यसैगरी, इजाजत नलिई सञ्चालन गरेको कन्सल्टेन्सी काठमाडौँ– १६ स्थित प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रालिलाई १ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
साथै एकेडेमीलाई थप कारबाहीका लागि सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन पनि निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा विभागले अन्य ८ फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन र ४ वटा फर्मलाई सामान्य निर्देशन दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण