मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते
सारांश
- मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा स्कुटर चालक चितवनका ५१ वर्षीय मोतीबहादुर क्षेत्रीको मृत्यु भएको हो।
- दुर्घटनामा घाइते भएकी एक महिलाको चितवनमा उपचार भइरहेको छ, भने ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ।
मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडक खण्डमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नंको ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–०४ प ११६२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दुर्घटनामा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–११ निवासी ५१ वर्षीय मोतीबहादुर क्षेत्रीको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उहाँको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर सोही स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–९ सरतपुर निवासी ३६ वर्षीया नरमाया गुरुङ घाइते भएकी छन् । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण