चार सय घरमा खानेपानीको सुविधा
सारांश
- मालिका गाउँपालिकामा खानेपानी सुविधा विस्तार गरी ४०० घरमा धारा जडान गरिएको छ।
- नेपाल नेवाको सहयोग र उपभोक्ताको श्रमदानमा तीन खानेपानी आयोजना निर्माण भएका थिए।
- आयोजना उद्घाटन गर्दै अध्यक्ष गर्बुजाले उपभोक्तालाई समयको बचत भएको बताए।
म्याग्दी । यहाँको मालिका गाउँपालिका–३ का ४०० घरमा खानेपानी सुविधा विस्तार गरिएको छ ।
मालिका गाउँपालिका, नेपाल नेवा नामक संस्थाको सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण गरिएका तीन वटा खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो ।
ती आयोजनाबाट डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङका २२५ घरपरिवार, पात्लेका १२२ र लुम्पीपारका ५३ घर परिवार लाभान्वित भएको सो वडाका अध्यक्ष मोतिप्रसाद बुढाले जानकारी दिए ।
रु दुई करोड १४ लाखमा निर्माण गरिएका तीन वटै योजनाको आइतबार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गरे । गाउँलेले यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमा धारा बनेपछि समयको बचत, झन्झट हट्नुका साथै घरायसी कामकाज सहज भएको पात्लेका स्थानीयवासी बलबहादुर रोकाले बताए ।
खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ५० देखि ६० दिनका दरले श्रमदान गरेका थिए । पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान गरिनुका साथै धारा वरपरको वातावरणलाई स्वच्छ बनाउन भाडा सुकाउने पक्की चाङ समेत निर्माण भएको पात्ले सिममुल खानेपानी, सरसफाइ तथा स्वच्छता उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण