अमेरिका र युरोपेली सङ्घबिच व्यापार सम्झौता, १५% आयात करमा सहमति
सारांश
- अमेरिका र युरोपेली संघबीच लामो समयदेखिको व्यापार विवाद अन्त्य गर्दै नयाँ सम्झौता भएको छ।
- सम्झौता अनुसार, युरोपेली संघबाट अमेरिका निर्यात हुने वस्तुमा १५ प्रतिशत आयात कर लाग्नेछ।
- यस सम्झौताले अमेरिका र युरोपबीचको वार्षिक व्यापारमा सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।
काठमाडाैँ । अमेरिका र युरोपेली सङ्घबिच लामो समयदेखिको व्यापार विवाद अन्त्य गर्दै नयाँ सम्झौता भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लायनबीच स्कटल्यान्डको टर्नबेरी गोल्फ कोर्समा भएको वार्तापछि दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार, अब युरोपेली सङ्घबाट अमेरिका निर्यात हुने सबै वस्तुमा १५ प्रतिशत आयात कर लाग्नेछ। यो कर दर ट्रम्पले अघि घोषणा गरेको ३० प्रतिशतको आधा हो।
सम्झौताअनुसार, युरोपेली सङ्घले अब अमेरिकामा ६०० अर्ब डलर लगानी गर्ने, सैन्य उपकरण खरिदमा सयौँ अर्ब खर्च गर्ने र ऊर्जाका क्षेत्रमा ७५० अर्ब डलर खर्च गर्नेछ।
उक्त लगानीले युरोपेली सङ्घको रुसी ऊर्जामा निर्भरता घटाउने युरोपेली आयोग अध्यक्ष लायनले बताइन्।
ट्रम्पले यो सम्झौताले दुई साझेदार देशलाई "झन नजिक ल्याउने" बताउँदै “यो सबैका लागि राम्रो सम्झौता हो” भनेका छन्।
यो सम्झौताले अमेरिका र युरोपबिच करिब ९७५ अर्ब डलर बराबरको वार्षिक व्यापारमा सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण