शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते

सोमबार, १२ साउन २०८२, ०७ : २५
सोमबार, १२ साउन २०८२

सारांश

  • जर्मनीको रिडलिंगेनमा यात्रुवाहक रेल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन्।
  • दुर्घटना आइतबार साँझ भएको थियो र रेलमा लगभग १०० यात्रु सवार थिए, जसमा दुई वटा डिब्बा जङ्गलमा पल्टिएका थिए।
  • जर्मन चान्सलरले पीडितहरूप्रति समवेदना व्यक्त गर्दै उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिएका छन्।

स्टुटगार्ट । दक्षिण–पश्चिम जर्मनीको रिडलिंगेन नजिक एक यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन्। जर्मन प्रहरीका अनुसार दुर्घटना स्थानीय समय अनुसार आइतबार साँझ ६:१० बजे भएको हो।

डोइचे बान रेल सेवा प्रदायक कम्पनीले रेल ‘अज्ञात कारण’ ले दुर्घटना भएको जनाएको छ। दुर्घटना हुनुअघि सो क्षेत्रमा आँधी आएको रिपोर्टहरूमा उल्लेख गरिएको छ।

रेलमा करिब १०० जना यात्रु सवार थिए। जर्मन समाचार संस्था डीपीएका अनुसार कम्तीमा दुई डब्बा जङ्गल क्षेत्रमा पल्टिएको अवस्थामा भेटिएको छ। दुर्घटनापछि उद्धार कार्यमा व्यापक सङ्ख्यामा अग्नि नियन्त्रक र आपत्कालीन टोली परिचालित भएका छन्। घटनास्थलमा लडेका रूखहरू समेत देखिएका छन्।

जर्मन चान्सलर फ्रेडरिक मर्जले एक्समा पोस्ट गर्दै पीडितहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् र पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले आन्तरिक मामिला तथा यातायात मन्त्रीसँग नजिकको समन्वयमा रहेर उद्धार सेवाका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्।

उल्म प्रहरीले दिएको जानकारीअनुसार हालसम्मको अनुसन्धानले तीन जनाको मृत्यु पुष्टि गरेको छ भने अन्य धेरै यात्रुहरू गम्भीर घाइते भएका छन्। डोइचे बानले जनाएअनुसार सो रेल सिगमारिङ्गेन र उल्मबिचको ९० किलोमिटर लामो मार्गमा थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप