मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर
सोमबार, १२ साउन २०८२, १६ : ५३
सारांश
- सुदूरपश्चिम रोयल्सले दोस्रो एनपीएल सिजनका लागि मार्भल टेक्नोप्लास्टलाई एक्सिलेन्स पार्टनरको रूपमा घोषणा गरेको छ।
- मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सान्चेतीले क्रिकेटले लाखौँ मानिसलाई जोड्ने बताए।
- सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मार्भलसँगको सहकार्य सम्मानको विषय भएको बताए।
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्भल टेक्नोप्लास्ट प्रा.लि. लाई एक्सिलेन्स पार्टनरको रूपमा घोषणा गरेको छ।
मार्भल टेक्नोप्लास्ट प्रा.लि. का उपाध्यक्ष पवनकुमार सान्चेतीले भने, ‘हामी नेपाल प्रिमियर लिगको सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ। क्रिकेटले नेपालभर लाखौँ मानिसलाई जोड्ने र प्रेरित गर्ने काम गर्छ।’
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले भने, ‘पवन सरले विगतदेखि नै क्रिकेटलाई निरन्तर साथ दिँदै आउनुभएको छ। मार्भल जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। उहाँको यो सहभागिताले एनपीएललाई अझ उचाइमा पुर्याउनेछ, र थप व्यावसायिक संस्थाहरूलाई खेल क्षेत्रमा लगानी गर्न प्रेरणा दिनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण