केसी र बहादुरको छलफलपछि कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक स्थगित
सारांश
- बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक भोलि बिहान १० बजेसम्मका लागि स्थगित गरिएको छ।
- मुख्यमन्त्री र नेताबीचको छलफलपछि बैठक स्थगित भएको हो, जसमा अविश्वास प्रस्तावको विषयमा छलफल हुनेछ।
- लामाविरुद्ध २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि बागमतीको राजनीतिमा तरंग पैदा भएको छ।
काठमाडौँ । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको मुख्यमन्त्री तथा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए ।
लामा र कांग्रेस बागमतीको विवाद मिलाउने जिम्मेवारी पाएका नेता राजन केसीबीचको छलफलपछि बैठक भोलिका लागि सारिएको हो । संसदीय दलको बैठकमै अविश्वास प्रस्तावको पक्ष–विपक्षमा हस्ताक्षर सनाखत गर्ने तयारी छ ।
तर, आजै बैठक बस्दा आफ्ना केही सांसद बाहिर रहेकाले लामाले एक दिन बैठक पर सार्न आग्रह गरेको बताइएको छ । सोहीअनुसार अब भोलि बैठक बस्ने लामाले जानकारी दिए ।
शुक्रबार बागमती प्रदेशका संसदीय दलका नेता लामाविरुद्ध २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । यससँगै बागमतीको राजनीति तरंगित बनेको छ । लामाले संसदीय दलमा काम गर्न नसकेको भन्दै बागमतीकै अर्का नेता इन्द्र बानियाले चुनौती दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण