प्रहरीको एसएसपी बढुवा विरुद्ध उजुरी
सारांश
- प्रहरीको एसएसपी बढुवा सिफारिस विरुद्ध एसपी बिमल बस्नेतले उजुरी दिएका छन्।
- बस्नेतले बढुवा समितिमा उजुरी दिएका हुन्, जसमा उनलाई अन्याय भएको जनाएका छन्।
- बस्नेत राष्ट्रिय अनुसन्धानबाट आएका थिए र वरियतामा पहिलो भए पनि बढुवा सिफारिसमा परेनन्।
काठमाडौँ । प्रहरीको एसएसपी बढुवा विरुद्ध उजुरी परेको छ । साउन ५ मा बढुवा समितिले ११ जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो निर्णय विरुद्ध प्रतिस्पर्धी एसपी बिमल बस्नेतले उजुरी गरेका हुन् ।
मेरिट लिस्टको पहिलो नम्बरमा रहेका बस्नेतले उजुरी सुन्ने समितिमा उजुरी गरेको बढुवा समितिका एक जना सदस्यले रातोपाटीलाई बताए । देश बाहिर रहेका बस्नेले वारेसमार्फत उजुरी पठाएका छन् ।
राष्ट्रिय अनुसन्धानबाट आएका बस्नेत वरीयता सूचिको पहिलो नम्बरमा भए पनि सिफारिसमा छुटेका थिए । २०७७ मा अनियमितताको आरोपमा निलम्बनमा परेका बस्नेतलाई प्रधान कार्यालयले ५ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो । सो समय सीमा अझै पुरा नभएको हुनाले उनलाई सिफारिस नगरिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनी २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीमा आएका हुन् ।
बढुवा समितिले तुल बहादुर कार्की, राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रबिण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधी ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाललाई बढुवा सिफारिस गरेको थियो । एसपी बस्नेतले आफूलाई अन्यायपूर्ण तवरले छुटाइएको जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण