बागमतीका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री खड्काद्वारा राजीनामा
सारांश
- बागमती प्रदेशका खानेपानी मन्त्री श्याम बहादुर खड्काले मुख्यमन्त्री समक्ष राजीनामा बुझाए।
- उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेर सांसद इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरे।
- यसअघि, कांग्रेसका अन्य ४ मन्त्रीले पनि राजीनामा दिइसकेका थिए र बानियाँलाई समर्थन गरेका छन्।
हेटौँडा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले राजीनामा दिएका छन्। मन्त्री खड्काले मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष राजीनामा बुझाएका हुन्।
कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता बहादुर सिंह लामा विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने तयारी भइरहेका बेला उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।
अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले मन्त्री पदबाट राजीनामा दिएर आफूले सांसद इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेको बताए। यसअघि २०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा खड्काले लामालाई समर्थन गरेका थिए।
यो सँगै बागमतीमा राजीनामा दिने कांग्रेसका मन्त्रीको सङ्ख्या ५ पुगेको छ । यसअघि शुक्रबार प्रदेशका सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका थिए।
५ जना मन्त्रीले इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने बताएका छन्। बागमती प्रदेशमा काङ्ग्रेसको ३७ सिट छ। लामालाई हटाएर बानियाँ संसदीय दलको नेता बन्ने योजनामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण