हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो
मङ्गलबार, १३ साउन २०८२, ११ : ५९
सारांश
- सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट हराएका उर्मिला हायू पोखरामा भेटिएकी छिन्।
- उनीहरुलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको छ।
- प्रहरीका अनुसार धामीले त्यहाँ नबस्न भनेपछि उनीहरु घरबाट हिँडेका थिए।
काट्ठकी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ ।
पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो ।
धनबहादुर हराएका मध्येकी कमला हायुका पति हुन् । प्रहरीका अनुसार बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण