खुला सीमाका कारण निकासी पैठारीमा चुनौती छ: उद्योगमन्त्री भण्डारी
सारांश
- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा चुनौती रहेको बताए ।
- उनले खुला सीमाका कारण चोरी निकासी भइरहेको र राजस्व गुमेको बताएका हुन् ।
- मन्त्री भण्डारीले व्यापारलाई सहजीकरण गर्न सरकारले नीति लिएको र कानुन संशोधन गर्ने बताए ।
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा चुनौतीहरू रहेको बताएका छन् ।
आज राजधानीमा आयोजित ‘३१ औँ कार्गो डे’ लाई सम्बोधन गर्दै उनले खुला सीमाका कारणले चोरी निकासी भइरहेको र करोडौँ राजश्व समेत गुमिरहेको बताएका हुन् ।
उद्योगमन्त्री भण्डारीले भने, ‘खुला सीमाका कारणले चोरी निकासी भइरहेको र करोडौँ राजश्व समेत गुमिरहेको छ । खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ । चोरी निकासीबाट भन्दा पछि अधिकतम रूपमा भन्सार बिन्दु हुँदै वैधानिक बाटाबाट कसरी समानहरू भित्राउने भन्नेमा हामी लागिरहेका छौँ । व्यापारलाई सहजीकरण गर्ने नीति सरकारले अख्तियार गरेको छ ।’
मन्त्री भण्डारीले निकासी पैठारी सम्बन्धी पुराना कानुनहरूलाई सरकारले समयानुकूल परिवर्तन गर्नका लागि संसदमा संशोधनको प्रस्ताव दर्ता गराई सकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण