शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दुग्धजन्य सामग्री विदेशबाट आयात भइरहेका छन्, नेपालमै उत्पादन गरेर प्रतिस्थापन गरौँ : अध्यक्ष ढकाल

मङ्गलबार, १३ साउन २०८२, १६ : २७
मङ्गलबार, १३ साउन २०८२

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दुग्धजन्य वस्तुहरू विदेशबाट आयात भइरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्ने गरी उत्पादन बढाउन जरुरी रहेको बताएका छन् । 

मंगलबार काठमाडौँमा आयोजना गरेको नेपाल डेरी एशोसिएशनले राजधानीमा गरेको खिर प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले हस्पिटालिटी क्षेत्रले अहिले पनि कतिपय ‘डेरि आइट’ हरू मुलुकबाहिरबाट मगाउनुपर्ने बाध्यता रहेको बताएका हुन् । 

उनका अनुसार त्यो बाध्यतालाई हटाउँदै विश्वस्तरको मापदण्ड पूरा गर्दै नेपालमै दुग्धजन्य विभिन्न वस्तुहरू उत्पादन हुनुपर्छ । अध्यक्ष ढकालले दुग्धजन्य वस्तुहरू आयातमा करौडौं नेपाली मुद्रा बाहिर गइरहेको बताए । उनले दुधजन्य विभिन्न वस्तुहरू उत्पादन गरेरै ठुलो रकम बाहिर जानबाट जोगाउनुपर्ने बताए । 

उनकाअनुसार नेपालमा उत्पादित दुग्धजन्य वस्तुहरू गुणस्तरीयको मामिलामा कमजोर हुनुहुँदैन । अहिले पनि सरकारी कानुनहरू परम्परागत शैलीका रहेकाले त्यसलाई सुधार्न आफ्नो बितेको २ वर्षको कार्यकालमा पूर्ण रूपमा लागेको समेत अध्यक्ष ढकालले बताए ।

उनकाअनुसार अध्यादेशमार्फत धेरै कानुनहरू संशोधन गर्न सकिएको छ । आगामी दिनमा समेत बाँकी कानुनहरू संशोधनमा लैजानका लागि महासङ्घले लबिइङ गर्नेछ । अध्यादेशमार्फत संशोधित कानुनसहित बजेट, मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाहरू यथाशक्य सरकारले कार्यान्वयनमा लैजानुपर्नेमा समेत ढकालले जोड दिए । 

उनले आन्तरिक उत्पादनलाई वृद्धिसँगै प्रयोग बढाउन महासङ्घले आवश्यक लबिइङ गर्नेछ । कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले कृषि क्षेत्रको विकास हुन नसके यो देशले फड्को मार्न नसक्ने बताए ।

अध्यक्ष दाहालले देशमा मही प्याकेटिङ गरेर उद्योगहरूले बजारमा ल्याइरहेको बताउँदै त्यसलाई राज्यले प्रवर्द्धन गर्न जोड दिनुपर्ने बताए । उनकाअनुसार मही अहिले राम्रो खपत भइरहेको छ । यसको खपत अझ बढाउन राज्यले सहयोग गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप