बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

क्यान्सर पीडितलाई गोर्खा साँझ टिमद्वारा ५० हजार सहयोग

मङ्गलबार, १३ साउन २०८२, १६ : ४६
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • यूएईको गोर्खा साँझ टिमले क्यान्सर पीडित सरिता पुलामी मगरलाई ५० हजार आर्थिक सहयोग गरेको छ।
  • सरिता पुलामी मगर स्याङ्जाको चापाकोट नगरपालिका-४ निवासी विवश पुलामी मगरकी आमा हुन्।
  • गोर्खा साँझले यसअघि पनि नेपाल र यूएईमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।

काठमाडौँ । यूएईमा सञ्चालित सामाजिक संस्था गोर्खा साँझ टिमले क्यान्सर पीडित सरिता पुलामी मगरलाई आर्थिक सहयोग गरेको छ।

स्याङ्जाको चापाकोट नगरपालिका–४ निवासी खेलाडी विवश पुलामी मगरकी आमासमेत रहेकी सरिता पुलामी मगरलाई क्यान्सर भएको जानकारी पाएपछि गोर्खा साँझले ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो।

विगतदेखि नै सामाजिक सेवामा सक्रिय रहेको गोर्खा साँझले उक्त सहयोग गरेको संस्थाका संयोजक भीम मल्ल ठकुरीले जानकारी दिए ।  गोर्खा साँझले हालैमात्रै दुबईमा गायक कुमा सागरको सहभागितामा भव्य सांगीतिक कार्यक्रम गरेको थियो । गोर्खा साँझले विगतदेखि नै नेपाल र यूएई दुबैमा समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । 

क्यान्सरज पीडित सरिता पुलामी मगर हाल भक्तपुरस्थित बी.पी. कोइराला मेमोरियल अस्पतालमा उपचाररत छिन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप