कागती बिक्री नहुँदा किसान समस्यामा
सारांश
- दाङका किसान गोविन्द अधिकारी कागती बिक्री नहुँदा चिन्तित छन्, किनभने बजारमा माग कम छ।
- भारतीय कागतीका कारण स्थानीय उत्पादनले बजार पाउन सकेको छैन, जसले गर्दा उनलाई निराशा भएको छ।
- उनले सामाजिक सञ्जालमार्फत काठमाडौँमा कागती पठाए, तर बजारको समस्या अझै समाधान भएको छैन।
दाङ । यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए । उनले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आएका छन् ।
भारतीय कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।” पछिल्लो समय एक क्विन्टल कागती बारीमै कुहिएर खेर गएको उनको भनाइ छ । उमेरले २५ वर्ष पुगेका किसान अधिकारीको बारीमा एक सय ५० कागतीका बोट छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा बिक्रीमा समस्या भनेर राखेपछि काठमाडौँबाट माग आएकाले चार सय ९७ केजी उधारोमा पठाएको उनको भनाइ छ । रु ८० का दरले पठाएको उनी बताउँछन्।
आफ्नै गाउँठाउँमा व्यावसायिक रूपमा कागती खेती गर्दै आएका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो व्यवसायमा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।”
उनले एक बिघा जग्गामा व्यावसायिक रूपमा कागतीको खेती गर्दै आएका छन् । किसान अधिकारीले यसबाट वार्षिक रूपमा रु दुई लाख ५० हजार बढी आम्दानी गर्दै आएका छन् । उनले कागतीसँगै आँप, लिच्ची, अमलालगायतको पनि खेती गर्दै आएका छन् ।
सुरुमा उनका तीन दाजुभाइ मिलेर कागती खेती गरेका थिए । दाजु विक्रम अधिकारी भने हाल वैदेशिक रोजगारमा छन् भने भाइ जीवनले उनलाई सहयोग गर्दै आएका छन् । यसका कारण व्यावसायिक रूपमा कागती खेतीलाई निरन्तरता दिन केही सहज भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण