शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

कछुवाको गतिमा सुनकोशी-मरिन डाइभर्सन (तस्बिरहरू)

बुधबार, १४ साउन २०८२, ०७ : ३४
बुधबार, १४ साउन २०८२

सारांश

  • सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ, जसले तराईका जिल्लाहरूमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ।
  • १४ अर्बको लागतमा बनेको यो आयोजनाको बाँध निर्माणको काम ३० महिनामा जम्मा ७ प्रतिशत मात्रै सकिएको छ।
  • २०७७ सालमा शिलान्यास भएको यो आयोजनाले २०८४ असोजसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।

काठमाडौँ । मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने गरी २०७७ सालमा शिलान्यास गरी निर्माण अगाडी बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ । 

हाल नेपाल सरकारले संकटग्रस्त क्षेत्र र प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेस प्रदेशमा सिँचाइ सुविधा पुर्‍याउन सो आयोजनाको महत्त्वपूर्ण भूमिका रहेको महसुस गरिएको छ । तर एक वर्षअघि नै सो आयोजनाको सुरुङ ब्रेक थ्रु गरिए पनि पटेल–रमण (संयुक्त) निर्माण कम्पनीले बाँध निर्माणको काम प्रभावकारी रूपमा गरेको देखिएको छैन । 

१४ अर्ब सात करोड ५९ लाख रुपियाँको लागतमा यो बाँध निर्माणको ठेक्का लिएको सो निर्माण कम्पनीले बाँध निर्माण सुरु भएको ३० महिनामा ७ प्रतिशत मात्र काम भएको छ ।  

सो आयोजनाले सुनकोशी नदीको पानीलाई सुरुङमार्फत कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिण खोलामा खसालिने छ  भने त्यहाँबाट मरिन नदी हुँदै बागमती ब्यारेकबाट तराई मधेसका खेतहरूमा सिँचाई गर्ने छ ।

 हालसम्म सो आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । २०८४ असोज सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न लक्ष्य रहेको आयोजनाले जानकारी दिएको छ । तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी

1-Sunkoshi Marin Diversion Project_NPL_22222-Sunkoshi Marin Diversion Project_NPL_85233-Sunkoshi Marin Diversion Project_NPL_62224-Sunkoshi Marin Diversion Project_NPL_63215-Sunkoshi Marin Diversion Project_NPL_73237-Sunkoshi Marin Diversion Project_NPL_63338-Sunkoshi Marin Diversion Project_NPL_75239-Sunkoshi Marin Diversion Project_NPL_6323

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप