तीन मन्त्री नियुक्तिको तयारीमा मुख्यमन्त्री लामा
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जना सांसदलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
- मुख्यमन्त्री लामाले नेपाली कांग्रेस संसदीय दलको नेताबाट विश्वास गुमाएका छन्।
- स्वकीय सचिव छत्रबहादुर लामाले मन्त्री नियुक्तिको तयारीबारे जानकारी दिए।
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट मंगलबार विश्वास गुमाएका लामाले मन्त्री नियुक्तको तयारी गरेको लामाका प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाले जानकारी दिए ।
उनका अनुसार मन्त्री नियुक्त हुन लागेका २ जना चितवन र एक जना धादिङका सांसद रहेका छन् । सांसद गोविन्द लम्साल (धादिङ) तथा गीता गुरुङ र माया श्रेष्ठ (चितवन)लाई मन्त्री नियुक्त गर्न लागिएको हो ।
उनका अनुसार अहिलेसम्म लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय र श्रेष्ठ र गुरुङलाई क्रमशः सहकारी र युवा खेलकुद मन्त्रालयको जिम्मा दिने तयारी छ । उनीहरूलाई आजै ११ बजेसम्म शपथ दिलाउने छ ।
बागमतीमा कांग्रेसले सम्हालेको ५ वटा मन्त्रालयमा मन्त्री रिक्त छन् । ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण