बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एक युवकको  मृत्यु

बुधबार, १४ साउन २०८२, १० : ४७
बुधबार, १४ साउन २०८२

सारांश

  • देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा राप्ती गाउँपालिकाका २२ वर्षीय युवकको मृत्यु भएको छ।
  • लमही नगरपालिका-२ सोनपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
  • घाइते भएका युवकको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो।

दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ पत्थर गढवा निवासी २२ वर्षीय अयोध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

लमही नगरपालिका–२ सोनपुरमा लु ४४ प ३४१२ नम्बरको मोटरसाइकल बुधबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा  मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रवक्ता डीएसपी चक्रबहादुर शाहले घाइते चौधरीलाई लमही अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप